ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निधि,कोइराला र सिंहबीच भेटवार्ता

काठमाडौ,साउन १६ l नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गरेका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिने उनीहरूको भेटलाई कांग्रेस वृत्तमा अर्थ पूर्णरूपमा हेरिएको छ।

नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र काँग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

उनीहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने,प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभएजस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो ।

काँग्रेसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र उनीहरू तीनै जनाले आगामी महाविधेशनका लागि पार्टीको केन्द्रीय सभापतिमा दाबी गर्दै आएका छन् । यसअघि पनि उनीहरूले एकअर्काको निवासमा पालैपालो भेटवार्ता गरेका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *