ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमाले एकिकृत रहने गुञ्जायस छैन

काठमाडौं साउन १६ । नेकपा एमाले विभाजन रोक्न भन्दै विभिन्न पहल भएपनि एकहुने संभावना गुन्जायस देखिदैन ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा एमाले अध्यक्ष केपी ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिने ले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको प्रष्ट पारेका छन् ।उनले भने –‘गल्ती सानोतिनो होइन । कम्युनिस्ट सरकार ढल्यो, पार्टी विभाजन भयो । दक्षिणपन्थी सरकार बन्यो । अग्रगमनका सपना, सामाजिक न्याय सुशासन र विकासका सपना कुठाराघात भयो, गम्भीर धक्का लाग्यो । यी सबैका बाबजुद बाटो बिराएकाहरु मुख्य मुख्य अपराधीबाहेक । …अब माधव नेपालजस्ता आन्दोलनरविरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन । जसले बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने दक्षिणपन्थीको समर्थनमा फ्लोर क्रस गर्ने विश्वासको मतमा भोट हाल्ने, आफ्नो पार्टीेको अध्यक्ष, आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गई त्यो सरकार ढाल्ने, अनि दक्षिणन्थी सरकार गठन गरेर त्यो सरकारलाई समर्थन दिन फ्लोर क्रस गर्ने, इज्जत छोडेर पछाडिको बेन्चमा बसेर, पछडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानीपूर्ण ढंगले समर्थन दिने, अर्काको पार्टीलाई सर्मथन दिन, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर, फ्लोर क्रस गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज, यो भन्दा प्रतिक्रियावादीहरुको दलालीको काम के हुन्छ ? त्यसकारण यस्ता प्रतिक्रियावादीहरुका मतियार यस्ताका लागि छैन ठाउँ छैन ।‘यसरी ओलीले माधव नेपाललाई कुनै स्थान नरहेको बताइरहदाँ नेपालले अखिल फोर्सलाई संवोधनमा ओली प्रति कटाक्ष गर्दै नेता नेपालले प्रतिगामी सोच बोकेर टाउने उठाउने प्रयत्न नगर्न आग्रह गरे ।

पार्टी भित्र व्यक्ति विरुद्ध आफुहरुल नलडेको नभई प्रवृत्ति परास्त गर्न मैदानमा रहेको नेता नेपालको भनाई छ । उनले पूर्वग्राही भएर मनमा कुण्ठा पालेर आफुहरु नहिडेको बताउदैं सकारात्मक सन्देश प्रवाह हुने काममा उत्प्रेरित हुन आग्रह गरे ।

सोही कार्यक्रममा एमाले नेतृ रामकुमारी झाक्रीले गाला जोडाएर मात्र पार्टी एकता नहुने दावी गरेकी छन् । नेपाल निकट नेतृ झाक्रीको भनाई छ-‘आज सबभन्दा धेरै मान्छेहरुले गर्ने प्रश्न हो, नेकपा एमाले एक हुन्छ कि हुँदैन ? यो प्रश्न सोध्नुभन्दा अगाडि दुई तिहाइ नजिकको बहुमतको सरकार आज ८३ जना (सांसद) हुने अवस्था किन भयो ? लोकप्रिय कम्युनिस्ट आन्दोलन धरासायी किन भयो ? एउटा निर्विकल्प शक्तिका रुपमा उदय भएको कम्युनिस्ट आन्दोलनको विघटन किन भयो ? यसको जवाफ र त्यसमा सक्रिय पात्रहरुबारे गरिने विश्लेषण विना हामीले गाला जोडाएर मात्र पार्टी एकता हुन्छ कि हुँदैन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *