ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वीर र शुक्रराज अस्पतालबाट खोप लगाउने कार्यक्रम स्थगित

काठमाडौं ,साउन १६ । वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सञ्चालन भइरहेको कोरोना विरुद्धको खोप अभियान कार्यक्रम भोलिबाट स्थगित गरेको छ ।

यी अस्पतालहरुमा कोभिड संक्रमितको चाप बढ्नुका साथै लक्षित समूहभन्दा बाहिरका व्यक्ति घुसपेठ नियन्त्रण गर्न कठिन भएको भन्दै भोलीदेखि हुने खोप कार्यक्रम स्थगित गरिएको हो।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार यी दुई अस्पतालमा भेरोसेलको पहिलो खोप अभियान स्थागित गरिएको हो। उनले उपत्यका र महानगरपालिकाका अन्य खोप केन्द्रमा भने खोप कार्यक्रम नियमित रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *