ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गत चौबिस घण्टामा ३१ सय भन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौ,साउन १६ l देशभरका प्रयोगशालाबाट १३ हजार ५ सय १९ वटा नमूना परीक्षण गर्दा ३ हजार १ सय ६ जनामा करोना संक्रमण पुष्टि भएको छ ।

यो सहित कूल संक्रमित संख्या ७ लाख ५६ हजार ७ सय ३९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो चौबिस घण्टामा १ हजार ९ सय १६ जना कोरोना मुक्त भएका छन् ।

हालसम्म निको हुने संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९४ दशमलब १ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुशार गत चौविस घण्टामा २३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ । मृत्युदर कूल संक्रमितको १ दशमलब ५ प्रतिशत हो ।

देशभर सक्रिय संक्रमितमध्ये होम आइसोलेशनमा २८ हजार २ सय ५४ जना, संस्थागत आइसोलेशनमा ३ हजार १ सय १ जना , र आइसियुमा ७ सय ६ जना र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *