ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अहिले राजनीतिमा लागेका अधिकांश युवाहरुमा हामी नेतृत्व गर्न सक्छौं भन्ने आत्मविश्वास नै छैन- थापा

काठमाडौं साउन ८ । पछिल्लो समय नेपाली राजनीति यति धेरै धमिलिएको छ । जसका कारण एउटा पुस्ता नै त्यस विषयबाट क्रमश विमुख बन्दै गएको छ । नीतिको पनि मुल नीति मानिने राजनीतिको पुस्ताहस्तान्तरणको विषय अझ परै छ ।

दुई तिहाई बहुमत सहित सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपीओलीले दुईपटक संसद विघटनमात्र गरेन्न् । दुई तिहाइ जोगाउन नसक्दाँ संसदबाट बहुमत प्राप्त गर्नमात्र सकेन । सर्वोच्च अदालतले उनलाई बहिरगमित गर्यो ।

ओलीको कदम विरुध एमालेकै खनाल– नेपाल समुहले पहिलेबाट नै विरोध गरिरह्यो । जसमा युवाको भुमिका समेत अहम देखिन्थ्यो । आन्दोलनको नेतृत्व युवाले गरेपनि पछिल्लो समय युवाहरुमा राजनीति प्रतिको उदाशिनता बढ्दो छ । यसै क्रममा युवाको भुमिका किन कम्जोर भएको होला । ? युवाहरुलाई राजनीतिमा आक्रषण बढाउन के गर्नु पर्छ ? युवालाई राजनीतिसंग जोड्न के गर्नु पर्ला भनेर द प्रेश नेपाल डट कमले तीनै युवाहरुसंग छलफल सुरु गरेको छ ।

नेकपा एमाले(खनाल- नेपाल )समुहको विद्यार्थी संगठन अनेरास्ववियुका सचिव अशोक थापासंग यस्तै विषयमा द प्रेश नेपालले गरेको कुराकानी अवको क्रममा

युवा पुस्ताले नेपाली राजनीतिलाई कसरी हेरिरहेको छ र कसरी हेर्न पर्थ्यो ?

युवा भनेको उमेर समुह मात्रै होइन् । यो त जोश जाँगर र नयाँलाई तत्कालै ग्रहण गर्न सक्ने अनि परिवर्तनलाई आत्मसाथ गर्ने गुण भएको समुह हो । हामी युवाहरुले नेपाली राजनीतिलाई कुन आँखाले हेर्ने भन्दा पनि कसरी बुझेर त्यसको सुधारका लागि प्रयास गर्ने भन्ने सवाल महत्वपूर्ण हुन आउँछ । अघिल्ला पुस्ताका राजनीतिज्ञहरुले नेपाललाई मुलतः राजनीतिक स्वतन्त्रता प्रदान गरे । अब आर्थिक स्वतन्त्रता भनौं वा समृद्धिको यात्रा तय गर्नुपर्नेछ । त्यसका लागि नयाँ पुस्ता जसले देश दुनियाँलाई बुझेको छ र संसारका नयाँ नयाँ विकासका आयामलाई, विज्ञान र प्रविधिले दिएको अवसरलाई सहजै ग्रहण गरेर देशलाई अघि बढाउन सक्छ । अब युवा पुस्ताले राजनीतिमा सहभागीता होइन हस्तक्षेपकारी नेतृत्व दिने ल्याकत राख्नुपर्छ । त्यसका लागि आफुमा परिवर्तनलाई बुझ्न सक्ने, ग्रहण गर्न सक्ने र नेतृत्व गर्न सक्ने गुण विकासका लागि जुट्नुपर्छ ।

युवाहरु शंशक्त बन्न अझै नसकेको हो की नेत्तृत्वको छत्रछायाँ नभइ केही हुदैन भन्ने परेको हो ?

मैले सुरुमै भने की युवा हुनु भनेको उमेर समुहको प्रतिनिधी हुनु मात्रै पनि होइन् । युवा भनेको त परिवर्तनलाई बुझ्न सक्ने र नेतृत्व गर्न सक्ने क्षमता हो । अहिले राजनीतिमा लागेका अधिकांश युवाहरुमा हामी नेतृत्व गर्न सक्छौं भन्ने आत्मविश्वास नै देखिन्न । खाली फलानो नेताले गर्छन भन्ने सोँच हावी भएको देखिन्छ । युवा हुनु नै नेतृत्वका लागि दावी गर्ने आधार होइन, तर युवाहरुले अब पुरानो पुस्तालाई उचित सम्मान गर्ने र उहाँहरुको अनुभवबाट सिक्दै नयाँ विश्व परिवेश र सामाजिक, आर्थिक, सास्कृतिक र विकासका आयामहरुलाई मध्यनजर गरि नेतृत्व लिने तयारी थाल्नु पर्छ ।

तपाई त विद्यार्थी नेता पनि राजनीतिबारेमा धेरै जानकार हुनुहुन्छ तर तपाई जस्तै अन्य विद्यार्थी त राजनीति भन्दा नै भाग्छन् नी त्यसमा तपाईहरु जस्ता नेतृत्व गर्नेको दोष छैन ?

नेपाली समाजमा एउटा उखान छ–जस्तो आफु उस्तै च्यापु । अर्थात हाम्रो समाजको औषत चरित्र अनुसार नेताहरुको चरित्र तय हुने हो । अहिले समाजमा राजनीति भन्ने वित्तिकै नाक खुम्च्याउने परिपाटी छ । जब बालबालिकाहरुले आफु हुर्कदै गर्दा घर र छिमेकमा राजनीतिज्ञलाई गाली गरेको सुन्छन्, तब उनीहरु हुर्कँदै गर्दा र युवा उमेरमा पुग्दा राजनीतिलाई घृणा गर्ने ठाउँमा पुग्छन् । राजनीतिमा लाग्ने हरेकले आफुलाई असल व्यक्तिका रुपमा समाजमा स्थापित गराउन सके यो अवस्थाको अन्त्य हुनेछ ।

सहिलाई सहि र गलतलाई गलत भन्ने परिपार्टी विकास नगर्ने मेरो पार्टीले गरे सवै ठिक अरुले गरे सवै बेठिक भन्ने सोच कहिले हट्छ ?

जब मान्छेले विवेक गुमाउँछ तब ऊ एकांकी हुन्छ । आफु र आफ्नो पार्टी मात्रै ठिक भन्ने निष्कर्षमा पुग्छ । उदाहरणका लागि युवा विद्यार्थीहरुले आफ्नो पार्टी सरकारमा हुँदा हरेक विसंगति प्रति मौनता साध्छन् । जब पार्टी विपक्षमा हुन्छ, त्यतिबेला जे सुकै विषयमा पनि बिरोध गर्छन, आन्दोलन गर्छन् । यो अविवेकी हुँदाको परिणाम हो । ठिकलाई ठिक र वेठिकलाई बेठिक भन्ने हिम्मत नगर्दासम्म समाजको गतिशितल विकास सम्भव छैन् ।

अन्त्यमा युवाहरु राजनीतिबाट यसरी भाग्दै गर्दाँ यसले दिर्घकालिन के असर गर्न सक्छ ?

युवाहरु राजनीतिबाट भागेका होइनन्, भगाईएका हुन् । बाल मष्तिष्कदेखि नै राजनीति फोहरी खेल हो भन्ने सुनाईएको छ । अझ नेता र उपल्लो तहका कर्मचारीका छोराछोरी अधिकांश विदेश पढ्न जाने र उतैको नागरिकता लिएर बस्ने गरेका छन् । हाम्रा अधिकांश नेताहरुका छोराछोरी विदेशी नागरिकता धारी छन् । कर्मचारीका सन्तानहरु सबै जसो विदेशमै छन् । हाम्रा नेता र कर्मचारीहरुले कस्तो देश बनाएछन्, जसलाई उनीहरुका आफ्नै सन्तानले पनि पत्याउन सकेनन र विदेशिए ?

अब यस्ता प्रश्नहरुको जवाफ खोजिनुपर्छ । युवाहरुले पनि आफुलाई नेतृत्वका लागि अघि सार्नु पर्छ । जो युवाहरु राजनीतिमा छन् उनीहरुले सकारात्मक सन्देश दिने प्रयास गर्नुपर्छ । खाली राजनीतिलाई गाली गरेर देशको अवनतिमा रिस मात्रै पोखेर बस्ने छुट युवाहरुलाई पनि भने छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *