ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाग्मती प्रदेश सरकार: यतायात सम्बद्ध कर/राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानीको सुरुवात

काठमाडौं, साउन ७ । बाग्मती प्रदेश सरकारले यतायात सम्बद्ध कर/राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।

शुक्रबारदेखि बाग्मती प्रदेश सरकारले लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको हो । यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने छ भने महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने भएको छ ।

यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *