ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सीताको ब्याटिङ वरियतामा सुधार


काठमाडौ,साउन ५ l नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ बरियतामा सुधार भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ बरियताअनुसार उहाँ ९०औँ स्थानमा रहेकी छन् ।

यसअघि मगर ९२औँ बरियतामा स्थानमा रहेकी थिइन् । आइसीसीको बरियतामा पर्ने उनी एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुन् ।

महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा,अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा रहेकी छन् ।

नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको बरियतामा भने यथास्थानमा रहेको छ।आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालको स्थान १४ रहेको छ ।
नेपाल एकदिवसीय महिला क्रिकेटको बरियतामा भने हालसम्म पर्न सकेको छैन । टी २० तथा एकदिवसीय क्रिकेटतर्फ बलिङको महिला बरियतामा नेपालबाट कुनै खेलाडी पर्न सकेका छैनन्।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *