ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आठ सय लिटर घरेलु मदिरा नष्ट


अर्घाखाँची,असार २६ l अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ।

घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए।बरामद मदिरा फोहर अर्थात् खानयोग्यसमेत नभएको प्रहरीको भनाइ छ।

घरेलु मदिरामा अखाद्य पदार्थ मिसाउने तथा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरकारले घरेलु मदिरा उत्पादनलाई अवैधानिक मानेको छ।

जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा घरेलु मदिरा बनाउनेको सङ्ख्या बढिरहेको सूचना प्राप्त भएको तथा जसका कारण झैझगडाका घटना बढेका कारण मदिरा बरामद र नष्ट कार्यलाई निरन्तरता दिने प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *