दही चिउरा स्वास्थयका लागि फाइदाजनक

काठमाडौ,असार १५ l असार १५ भन्ना साथ दही चिउरा खाने दिन बुझिन्छ । नेपालमा असार १५ का दिन विशेष गरेर धान रोप्ने कामको शुरुवात गर्ने प्रचलन छ ।
त्यसो त यसको अघिपछि पनि रोप्न सकिन्छ । तर असार १५ लाई भने कृषकहरुले ठूलो चाडको रुपमा मनाउने गर्छन् । धान रोप्दै यो दिन दही चिउरा खाएर रमाइलो गर्ने चलन पनि छ ।
असारे भाकामा गित गाउँदै धान रोप्दै खेतको आलीमा बसेर दही चिउरा खानुको छुट्टै आनन्द आउछ। असार १५ मा खाइने दही चिउरा मानव स्वास्थ्यका लागी कत्तिको स्वास्थ्यवर्धक छ त ? असारका बेला त्यो माथि बर्षायाम जताततै हरियाली गाईभैंसीले प्रसस्त घास खान पाएर दुध धेरै दिने गर्छन् ।
त्यसैले पनि यो बेला दूधबाट प्रसस्त मात्रामा दही बनाउन सकिन्छ । र यो असाध्यै स्वास्थ्यवर्धक हुने चिकित्सकहरुले पनि बताउदै आएका छन्।पोषण विज्ञ डा अरुणा उप्रेती भन्नु हुन्छ हरेक पर्वमा खाइने खानेकुराको छुट्टै महत्व रहेको बताउनुहुन्छ ।
उहाँ भन्नु हुन्छ माघ १ मा खाइने तरुल ,चाकु होस या जनैपूर्णिमामा खाइने क्वाँटी वा असार १५ मा खाइने दही चिउरा सबैको आ आफनै महन्व रहेको छ । चिउरामा कार्बोहाइड्रेट र दहीमा क्याल्सियम भिटामिन, पोटासियम पनि पाइने बताइन्छ ।
पाचन प्रक्रियाका लागि दही बढी प्रभावकारी मानिन्छ । साथै यो दुबै मिसाएर खाँदा आडिलो पनि हुने गर्छ जसका कारण धेरै बेरसम्म भोक लाग्दैन। धेरै बेरसम्म काम गर्नका लागि उर्जा समेत प्रदान गर्छ । यसको सेवनले पेट दुखाइ,अपच,कब्जियत, ग्यास्ट्रिकजस्ता समस्यामा फाइदा हुने चिकित्सकहरु बताउँछन्।