ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

छलफलमा सकृय तीन नेता,भेट्लान्न त मिलन विन्दु ?

काठमाडौं,असार १५ । नेपाली काँग्रेसका ३ राजकुमारहरुले महाधिवेशन केन्द्रित छलफललाई तिव्र पारेका छन् ।

सभापतिमा दावी गर्दै आएका ३ जना पूर्वमहामन्त्री प्रकाशमान सिंह,उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला सिंह निवास चाक्सीबारीमा छलफलमा छन् ।

१४ औं महाधिवेनमा नयाँ धारको सुरुवात गरेका तीन जना आफुहरुमध्येबाट एक जना नेतृत्वमा जाने दाउमा छन् । तर तीनै जना सभापतिको उत्तिकै आकाङ्क्षी भएका कारण सहमति जुट्न भने कठिन देखिन्छ ।

देउवालाई मनाएर सभापतिमा लड्ने नत्र उक्त खेमा नै छोड्ने मनस्थितीमा देखिएका निधि पौडेल पक्षका कोइराला र सिंहसंग छलफलमा छन् । यसअघि निधि र सिंह तथा कोइराला र सिंहले समेत बेग्ला बेग्लै भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *