ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वासको मतबारे घोषणा कसले गर्ने हो?

काठमाडौं,असार १५ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षबाट दोस्रो दिनको बहस सुरु भएको छ।

मंगलबार नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले सरकारी पक्षबाट बहस सुरु गरेका छन् । धारा ७६(५) मा केन्द्रित बहसमा सांसदह दलको प्रतिनिधि हुने जिकिर गर्दै आएका छन् ।

नायव महान्यायाधिवक्ता पाण्डेयले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नभएकाले नलिएको दावी गरेपछि प्रधानन्याधिश चोलेन्द्र शमशेर राणाले विश्वासको मतबारे घोषणा कसले गर्ने हो? भनेर प्रश्न सोधेका छन्।

प्रधानमन्त्रीले विश्वासको मत पाए नपाएको घोषणा सदमा सभामुखले गर्ने होइन? भन्दै प्रधानन्यायाधीशले विश्वासको मत लिन नलिने कुरा प्रधानमन्त्रीको होला तर लिने त ससदमा हो कि कहाँ हो? उनको प्रश्न थियो ।

यस अघि पनि विश्वासको मत घोषणा गर्ने स्थान राष्ट्रपति कार्यलय नभएर संसद भएको जिकरीर रिट निवेदकले गरेका थिए ।
आजको बहसमा नायब महान्यायाधिवक्ताहरु विश्वराज कोइराला, श्यामकुमार भट्टराई, टेकबहादुर घिमिरे लगायत १० जनाले बहस गर्दैछन्।

यसअघि सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए। उनले प्रतिनिधि सभा विघटन संविधानसम्मत भएको तर्क गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *