ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोपा अमेरिका फुटवल: अर्जेन्टिना र उरुग्वेको जितसंगै कवाटरफाइनल समिकरण पूरा

एजेन्सी,  असार १५ । ४७औं संस्करणमा समुह चरणका अन्तिम खेलमा अर्जेन्टिना र उरुग्वे बिजयी भएका छन् भने कवाटरफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार समूह ‘ए’ अन्तर्गत अन्तिम दुई खेल सकिएपछि क्वाटरफाइनल समीकरण तय भएको हो । समूहको अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गर्दै अर्जेन्टिना समुह बितेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गर्यो ।

सोही समुहमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गर्दैं उपविजेता बन्दैं क्वाटरफाइनलमा प्रवेश गर्यो ।  १० टिमले प्रतिस्पर्धा गरेका थिए जसमा ८ टिम क्वाटरफाइनल पुग्दा दुई टिम मात्र समूह चरणबाटै बाहिरिए ।समूह ‘ए’ बाट बोलिभिया तथा समूह ‘बी’ बाट भनेजुएला बाहिरिएका हुन् ।यस्तै पाराग्वे तेस्रो तथा चिली चौथो बन्दै क्वाटरफाइनल पुगे ।

समूह ‘बी’ बाट आयोजक ब्राजिल समूह विजेता बन्यो । पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् ।

अब क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता अर्जेन्टिनाले समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ । यस्तै समूह ‘बी’ को विजेता ब्राजिलले समूह ‘ए’ को चौथो स्थानको चिलीसँग खेल्नेछ ।

समूह ‘ए’ मा दोस्रो भएको उरुग्वेल समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’ को तेस्रो भएको पाराग्वेले समूह ‘बी’ को दोस्रो भएको पेरुसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *