ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अवैध रुपमा खोप विक्रीवितरण गरेको पाइएमा सरकारले कारबाही गर्ने चेतावनि

काठमाडौ,असार १४ l पछिल्लो केही दिन यता कोरोना विरुद्धको कोभिशिल्ड खोप अवैध रुपमा विक्री वितरण भएको कुरा बाहिर आइरहेको छ ।

स्वास्थ्य मन्त्रालउले शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले प्राथमिकता निधार्ण गरी उमेर समूह अनुशार खोप वितरण भइरहेकोले शुल्क लिएर खोप लगाउनेहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ। मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ l

,‘त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौैं।’

यस्तै, मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *