बर्षायाममा कोरोना र डेंगिबाट कसरी सुरक्षित हुने

काठमाडौ,असार १४ l कोरोना सँग मिल्जोजुल्दो अर्को रोग डेंगु बारे जान्नै पर्ने कुरा : वर्षायाम सुरु भएसँगै डेंगुको जोखिम पनि बढ्ने गर्छ ।
कोरोना महामारीको समयमा आफ्नो स्वास्थ्यमा अझ बढि ध्यान दिनु आवश्यक छ । त्यसमाथि डेंगुका लक्षण कोरोनासँग मिल्दोजुल्दो हुन्छन्।
एक्कासी ज्वरो आउनु, टाउको दुख्नु ,मांसपेशी तथा जोर्नी दुख्नु,आफ्नो दैनिकी काम गर्न असहज हुनु ,खानपान वा अन्य कामकुरामा रुचि नहुनु, वाकवाकी लाग्ने वा बान्ता हुने,थकान महसुस हुने जस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा जानू पर्छ ।
अनुमानका आधारमा जथाभावी औषधि सेवन नगर्ने । चिकित्सकको परामर्शलाई महत्व दिनु पर्छ ।
वर्षायाममा डेंगु र कोरोनाबाट सुरक्षित कसरी हुने त ?
- लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने र घरबाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउने
- खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
- घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
- पानीको नाली, ढल, पोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टितेल छर्कने
-पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने
- खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
-सुत्ने बेला झुलको प्रयोग गर्ने
- कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने
- बेलाबेलामा साबुनपानीले मिचिमिचि हात धुने र भौतिक दूरी कायम गर्ने
- परिवारमा कसैलाई यस्ता लक्षण देखापरे तुरुन्तै आइसोलेसनमा बस्ने
