ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डेल्टा प्लस भेरियन्ट पहिलेको भन्दा बढी आंक्रामक

काठमाडौ,असार १४ l कोरोना महामारीले हायलकायल बनाइरहेको बेला फेरी डेल्टा प्लस भेरियन्ट नेपालमा पुष्टि भइसकेको छ ।

यो भेरियन्टले जुनसुकै उमेर समुहका नागरीकहरुलाई पनि आंक्रामक गर्ने भएकोले सबै सचेत हुनु आवश्यक रहेको विज्ञहरु बताउछन्।

कोरोना महामारीको दोस्रो लहरले हायलकायल बनाइरहेको समयमा फेरी अर्को त्रास थपिएको छ । विभिन्न देशमा डेल्टा प्लस भेरियन्ट पुष्टि भइरहेको समयमा नेपालमा पनि डेल्टा प्लस भेरियन्ट संक्रमित पुष्टि भइसकेको छ ।

अहिले डेल्टा भेरियन्ट ८० भन्दा धेरै मुलुकमा फैलीसकेको छ।भने हालसम्म डेल्टा प्लस भेरिएन्ट नेपाल, भारत, अमेरिका, ब्रिटेन, क्यानडा, पोल्यान्ड, जापान, पोर्चुगल, रुस, स्विट्जरल्यान्ड, टर्की गरी ११ मुलुकमा पुष्टि भइसकेको छ ।

डेल्टा प्लस भेरियन्ट उच्च सक्रामंक रहेको विभिन्न अध्यानहरुले देखाएको छ । भने नेपालमा ९ वटा नमुनामा डेल्टा प्लस भेरिएन्ट पुष्टि भएको र उच्च सङ्क्रामक रहेको कुरा स्वास्थ्य मन्त्रालयले जनाएको छ । डेल्टा प्लस पुष्टि हुने नौ जनामा बालबालिका र वृद्धसमेत रहेका छन् ।

भने यो खोप लगाइसकेका र जुन सुकै उमेर समुहका नागरीकलाई असर गर्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।यो यसअघिको डेल्टा भन्दा जोखिमपूर्ण रहेको विभिन्न अनुसन्धानहरुमा उल्लेख गरीएको छ ।

के फो हन्डेट सेफेन्टिन एन नाम दिएको छ । रोग प्रतिरोधात्मक क्षमता छल्न सक्ने सम्भावना भएको भेरियन्ट भनेर चिनिन्छ ।यो कतिको आक्रमक छ भनेर चैं अनुसन्धानकै विषय भइरहेको छ ।

त्यसैले यसले कोरोनाको अझ धेरै डरलाग्दो र खतरनाक तेस्रो लहर ल्याउने सम्भावना रहेको विज्ञहरु बातउछन् ।
विज्ञहरूका अनुसार धेरै सङ्क्रामक रहेको डेल्टा प्लस फोक्सोको कोशिकाको रिसेप्टरमा बलियोसँग टाँसिन सक्छ ।

यही कारणले फोक्सोलाई छिटो नोक्सान पुर्‍याउँछ ।भारतको इन्डियन सार्स कोभ–२ कन्सोर्टियम अनजिनोमिक्स आईएनएसएसीओजी का अनुसार डेल्टा प्लस भेरिएन्टको ट्रान्समिसन क्षमता र फोक्सोको कोशिकाको रिसेप्टर्ससँग टाँसिने क्षमता बढी छ ।

भारतीय सञ्चारमाध्यमले भने पछिल्लो समय सरकारी स्रोतलाई उल्लेख गर्दै डेल्टा प्लसलाई बढी गम्भीर श्रेणी अर्थात् भेरिएन्ट अफ कन्सर्टमा राखिसकिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *