ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रोल्पाको सुनिल स्मृति गाउँपालिकामा एकल पुरुषलाई भत्ता


रोल्पा,असार १४ l रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। 

गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताए ।

यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उनको भनाइ छ । “सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो”, वडाध्यक्ष क्षेत्रीले भने, “कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार नगद दिइने छ ।

तर अन्य प्रकारका सामाजिक सुरक्षा भत्ता लिएकाहरु यो योजनामा समेटिने छैनन् ।” गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि वडालाई उपलव्ध गराएको रु ७० लाख बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारेको हो ।

वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ । त्यस्तै वडाभित्रका दलित, अपाङ्ग र असहायका लागि निःशुल्क स्वास्थ्य बीमाको  कार्यक्रम समेत अघि सारेको छ ।

गाउँपालिका भित्र बसोवास गर्ने दुई सय सात दलित, अपाङ्ग र असहायहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले एकल पुरुषको सामाजिक सुरक्षा  भत्ताका लागि रु एक लाख ३० हजार तथा दलित, अपाङ्ग र असहायको निःशुल्क स्वास्थ्य बीमाका लागि रु सात लाख २५ हजार बजेट विनियोजन गरेको छ।

त्यस्तै वडाले शिक्षा र स्वास्थ्यलाई गरिब विपन्न वर्गको पहुँचसम्म पुर्याउन  यस्तो कार्यक्रम ल्याइएको हो । यसअघि शिक्षामा सवै बालबालिकाको पहुँच  पुर्याउन तथा पठन संस्कृतिको  विकास गर्न विद्यार्थीको घरघरमा शिक्षण सिकाइ कुना स्थापना गरेको थियो ।

गरिबलाई विद्युतमा सहज पहुँच पुर्याउन निःशुल्क उज्यालो कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ । प्रतिमहिना २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने गरेको छ।(रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *