ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सामाजिक सेवामा मनिषा कोइराला ब्यापसको सहयोगमा अक्सिजन कन्सलट्रेटर सहयोग

काठमाडौ असार १४ । अभिनेत्री मनिषा कोइरालाको पहलमा लण्डन स्थित पुरुषोत्तम स्वामीनारायण संस्था (ब्यापस) लण्डनले ३३ युनिट प्रोट्रेबल अक्सिजन कन्सलट्रेटर १० लिटर क्यापासिटि सहित स्वास्थ्य सामग्री नेपाल पठाएको छ । उक्त स्वास्थ्य सामग्री एनसिभि संस्था मार्फत नेपालको दुर्गम जील्लाहरुमा पठाइने छ ।

दुर्गम भेगमा प्रयोगमा आउने गरी कोइरालाले अक्सिजन कन्सलट्रेटर सहितको २५ हजार पाउण्ड बराबरमा स्वास्थ्य सामग्री प्रदान गरेकी हुन । कोइरालाको पहलमा पुरुषोत्तम स्वामीनारायण संस्था (ब्यापस) लण्डनले ३३ युनिट प्रोट्रेबल अक्सिजन कन्सलट्रेटर १० लिटर क्यापासिटि सहित स्वास्थ्य सामग्री नेपाल पठाएको  थियो । ब्यापसले पठाएका स्वास्थ्य सामग्री  आज कोइरालाले दुर्गम भेगका नागरीकलाई सहयोग गरीरहेको संस्था एनसिभीलाई हस्तान्तरण गरीन । 

एनसिभी संस्थाले दुर्गम ठाँउहरुमा सामग्रीहरु पुर्याउन सहयोग गर्दै आएको छ । कोइरालाको पहलमा आएको स्वास्थ्य सामग्रीहरु  कोरोना महामारीको लागी प्रयोग हुने सामग्रीहरु रहेका छन्।कतिपय स्थानका मानिसहरुले अक्सिजन अभावका कारण ज्यान गुमाउनु परेको अवस्था छ ती स्थानहरुमा यो सामग्री पुर्याउने बताए । ब्यापस संस्थाले अहिले मात्र हैन भुकम्पको समयमा पनि धेरै ठुलो सहयोग गरेको भन्दै संस्थाप्रति एनसिबीका अध्यक्ष यादव गौतमले आभार ब्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *