बुच्चे नक्सा भएका पुस्तक छाप्ने प्रकाशक र पढाउने विद्यालयलाई स्पष्टिकरण मागियो
भक्तपुर असार १४ । पाठ्यक्रम विकास केन्द्रले पुरानै नक्सा प्रयोग गरी पठनपाठन गर्ने विद्यालय र छापाखानालाई स्पष्टिकरण सोधेको छ ।
बुच्चे नक्सा प्रयोग गरिएका किताब पठनपाठन गराइरहेका विद्यालय र त्यस्ता पाठ्यपुस्तक छपाइ गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधेको हो ।
अनुगमनका क्रममा कक्षा २, ३ र ६ का विद्यार्थीलाई पुरानै नक्साअंकित पाठ्यपुस्तक पठनपाठन गराउने र तोकिएको विषयबाहेकका सन्दर्भ सामग्री खरिद गर्न अभिभावकहरूलाई बाध्य पारेको देखिएकोले स्पष्टीकरण सोधिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
यस अघि शिक्षा मन्त्रीले यस्ता पुस्तक पठन पाठन नगर्न नगराउन निर्देशन दिएका थिए ।