धान दिवसमा हिलो खेल्न नपाइने
काठमाडौं असार १४ । कोरोना महामारी कायम रहेका कारण सरकारले यो बर्षको धान दिवस तथा रोपाइँ महोत्सवमा हिलो खेल्न तथा मनोरञ्जनको गतिविधि गर्न रोक लगाइएको छ ।
कृषि विभागले पत्रकार सम्मेलनमा रोपाइँ महोत्सव सम्बन्धी कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस मनाउन आग्रह गरेको छ ।
महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन, महोत्सव मनाउने ठाउँमा पनि थोरै संख्यामा मात्रै भेला हुन र सुरक्षाका सबै मापदण्ड पालना गर्न विभागले आग्रह गरेको छ ।