ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम: भारी बर्षाको संभावना

काठमाडौं असार १४ । प्रदेश १ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ। हाल देशभर सामान्य देखि पुर्ण बदली रहि गण्डकी प्रदेश तथा प्रदेश नं १ को थोरै स्थानहरुमा वर्षा भईरहेको जनाइरहेको छ ।

आज दिउसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *