आज असार १४ गते सोमबार तपाईको राशिफल
आज मिति २०७८ साल असार १४ गते सोमबार तदनुसार सन २०२१ जुन महिनाको २८ तारिख, आषाढ कृष्ण पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, धनिष्ठा नक्षत्र, तृतीया तिथी, विष्कुम्भ योग, बालब करण, आज चन्द्रमा दिउँसो ४ बजेर ५५ मिनेट पछि कुम्भ राशीमा जानेछ । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजेर २ मिनेटमा हुनेछ । विशेष कार्यहरुको लागि शुभ समय बिहानको ११ बजेर ३९ मिनेटबाट १२ बजेर ३५ मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानको ६ बजेर ५६ मिनेटदेखि ८ बजेर ३९ मिनेटसम्म रहनेछ । राहूकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु वर्जित छन् ।
(१) मेष राशी
दिन अनुकुल रहनेछ । रोकिएका कार्यहरुले प्रगति लिनेछन्, कार्य सिद्धि, आर्थिक लाभ, आय स्रोत बढने, जागिर वा व्यवसायमा शुभ योग आएको छ, कर्म क्षेत्रमा कदर वा प्रशंसा हुनेछ, खोजेको व्यक्तिको सहयोग पाइने, जग्गा जमिन सवारी साधन खरीद गर्न साथै लगानीलाइ राम्रो दिन छ ।
(२) वृष राशी
बेलुका सम्म समय प्रतिकुल रहन सक्छ । मेहनत गरेअनुसार फल नमिल्ने, काममा जस नपाउने, शारिरिक अस्वस्थता, पेट विकार, मानसिक अशान्ति, कुटुम्ब सँग अथवा नजिककाहरुसँग वादविवाद तथा असमझदारी बढन सक्ने वा टाढिने अवस्था आउन सक्छ, मुद्दा मामिला, कानूनी अडचन अथवा गरेका कामहरुमा प्रतिकुलताहरु आउन सक्ने सम्भावना छ, व्यवसायको लागि समय अनुकुल छैन । चिनामा शुभ ग्रहहरुको दशा चलेको छ भने मात्र स्थिती सुखद हुनेछ । यसको लागि एकचोटि ज्योतिषिसँग परामर्श लिनुहोला।
(३) मिथुन राशी
होश पुरयाएर काम गर्नु पर्ने खालको दिन छ । घाउचोटपटक लाग्न सक्ने, आर्थिक, पारिवारीक तथा कार्यजनित समस्याले मन खिन्न हुन सक्छ, कार्यमा बिध्नबाधा, निरर्थक श्रम गर्नुपर्ने वा अरु कसैको लागि समय खर्चिनु पर्ने हुन सक्छ, रोग र शत्रुहरु आज सलबलाउन सक्छन, मानसिक छटपटि, पारिवारिक असमझदारी बढन जाने, धनको खती हुने, कार्य क्षेत्रमा समस्या उत्पन्न हुन सक्ने योग भएकोले आज झगडा र विवादबाट भने बच्नुहोला,
(४) कर्कट राशी
बेलुकि सम्म दिन राम्रो रहने छ । वस्त्र, वाहन या सौन्दय सामाग्रीहरु प्राप्त हुने अथवा खरीद हुने, धन लाभ हुने, रोकिएको कार्यहरु बन्ने छन । कार्य स्थल र व्यवसायमा सफलता प्राप्त हुने दिन भएकोले पुरुषार्थ सिद्ध गर्ने अवसर मिल्नेछ, विरोधिहरु परास्त हुने, मातृ तथा भूमि सुख, स्वास्थय उत्तम हुने, वैवाहिक सुख, पारिवारिक जमघट, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, शैयया सुख, दाम्पत्य जीवनमा आनन्दमय हुने ,भोग विलास मनोरन्जनमा रुचि जानेछ,
(५) सिंह राशी
दिन अनुकुल रहनेछ । आर्थिक लाभ, मित्र सुख, शत्रुहरु पराजित हुने, धपेडी र परिश्रम बाट धेरै हदसम्म मुक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, पारिवारिक तथा दाम्पत्य सुख, कानुनी मामिला, विवाद लगायत अन्य कुराहरुमा विजय प्राप्ति । कार्य स्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो रहनेछ । व्यवसायीहरुलाई भने दिन त्यति अनुकुल नहनु सक्छ । लगानी कार्य भने आज नगर्नु होला।
(६) कन्या राशी
अपयशको भागी हुनसक्ने दिन भएकोले आज विवादबाट टाढै रहनुहोला। कार्यमा विलम्ब वा बाधा आउने, सन्तानको तर्फबाट चिन्ता पर्ने वा उनीहरुलाई पिडा हुन सक्ने सम्भावना छ, बन्धुबान्धव तथा आफन्तजन सँगको पारिवारिक द्धन्द बढन सक्छ, बौद्धिक कार्यमा असफलता हात लाग्ने, कामको धपेडी पर्ने, मन अशान्त हुने, कर्ममा गतिरोध, धन हानी हुने योग रहेको छ, स्वास्थयको ख्याल गर्नु होला । विशेषत पेट वा पेटभन्दा मुनिको भागमा कुनै पूरानो समस्या छ भने सचेत रहनु पर्नेछ,। लगानीलाइ आज दिन ठीक छैन ।
(७) तुला राशी
निरर्थक चिंता र बेचैनीले मन अशान्त रहन सक्छ, पारिवारीक वैमनस्यता, कार्य बाधा, शारिरिक दुख कष्ट जस्ता फल प्राप्त हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्नेछ । शत्रुहरुले रिस गर्ने, आरोप लाग्ने वा झमेला हुने खालको दिन हुन सक्छ । आत्मियजन तथा कुटुम्बमाझ अथवा नजिककाहरुसँग विवाद नगर्नु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । विशेष गरि खोकी, छाती तथा छातीजन्य समस्याहरुलाई बेवास्ता नगर्नुहोला । आत्मविश्वास र साहसलाइ बलियो गरि कायम राख्नु भएमा दिन सहज हुन सक्छ ।
(८) वृश्चिक राशी
दिन राम्रो रहने छ । मन प्रसन्न हुने, आँट साहस बढने, धन वाहन तथा अचल सम्पत्तिको उपभोग अथवा प्राप्ति, कार्यमा सफलता, उत्तम गृह सुख, आरोग्यता प्राप्ति, वस्त्रलाभ, मान सम्मान प्राप्ति । सुखद दाम्पत्य जीवन, मित्र सुख जस्ता शुभ फलहरु घटन सक्नेछन । नोकरीमा पदोन्नति हुने योग चलेको छ, कसै कसैलाइ छोटो दुरीको यात्रा हुन सक्ने अथवा स्थान परिवर्तनको सम्भावना पनि बन्न सक्छ।
(९) धनु राशी
दिन अनूकूल नहुन सक्छ । आत्मविश्वास मा कमि आउन सक्छ । मन चिन्तित हुने वा गलत विचारहरु आउने । सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । आफन्त तथा बन्धु बान्धव बिच वैमनस्यता बढन सक्ने तथा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बिध्न बाधा हुने, व्यर्थको श्रम, खचर्मा बृद्धि, धन हानी, संचित धन आदिमा नकारात्मक असर पर्ने सम्भावना छ, व्यापार व्यवसायमा आज लगानी गर्दा सचेत रहनु पर्नेछ, आज इगो र घमन्डबाट बच्नु भएमा राम्रो ।
(१०)मकर राशी
प्रयास गर्नेहरुलाई भाग्यले साथ दिने समय आएको छ, सुख प्राप्ति, मिठो परिकारजन्य भोजन हुने, मान सम्मान बृद्धि, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने, शत्रु बाधा हटने, भौतिक सुख, उत्तम भोजन, आदर सत्कार, मित्र सहयोग जस्ता शुभ फलहरु प्राप्त हुने सम्भावना छ । केही परिवर्तनको प्रयास गरिरहनु भएको छ भने तँपाइका योजना र विचारहरुलाई अब कार्यान्वयन गर्ने बेला आएको छ , तँपाइको कदर अरुले गर्नेछन । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा शेयर बिक्रीको लागि समय राम्रो छ,
(११) कुम्भ राशी
बेलुकासम्म होशियारी अपनाउनु होला । पारिवारिक कष्ट, स्वास्थ्य हानी, शारिरिक शिथिलता, पराक्रममा कमी, खर्चमा वृद्धि जस्ता प्रतिकुलताहरु हुन सक्छन । मानसिक द्वन्द्व अथवा छटपटिले सताउन सक्छ । गरेका निर्णयहरुले पिरोल्ने, मनमा दुर्भावना अथवा गलत सोचले डेरा जमाउन सक्नेछ । घर परिवार तथा कुटुम्ब अथवा नजिककाहरुसँग मतभेद वा विछोड हुन सक्छ, प्रतिष्ठित व्यक्ति वा आफूले मान्नु पर्ने हरुसँग विवाद हुने योग भएकोले सचेत हुनुहोला, यात्रा गर्दै हुुनुहुन्छ भने कष्टकर हुन सक्छ। विद्यार्थीहरुको लागि पढाइलेखाइ को लागि भने दिन राम्रो रहनेछ,
(१२) मीन राशी
बेलुकीसम्म दिन राम्रो रहनेछ । शुभ घटनाहरु घटन सक्छन् । जोश जाँगरमा वृद्धि , आर्थिक लाभ । शत्रु बाधा लाई हटाउन सफल । मित्र सहयोग प्राप्त हुन सकछ । उत्तम वस्त्र तथा परिकारजन्य भोजन गर्न मन लाग्ने । भोग विलास तथा कामुक सोचमा रुचि जाग्नेछ । संचित धनमा वृद्धि हुन सक्ने । अडकिएका कार्यहरु समापन तिर जाने । अरुको आदर कदर पाइने, प्रेम सम्बन्धमा सफलता । स्वास्थ्यको भने ख्याल गर्नुहोला, नयाँ विचार र कार्यको लागि प्रयास नछोडनुहोला।