भक्तपुरबाट मोटरसाइकल चोरी गर्ने गिरोहका चार जना पक्राउ

भक्तपुर,असार १३ l महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका– ८ लिवालीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका ७ घर भई हाल भक्तपुर– ८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तमाङ,भक्तपुर– २ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका २ घर भई हाल सूर्यविनायक नगरपालिका– ६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाईबा र भक्तपुर– ८ लिवालीका २० वर्षीय साइन भन्ने रमेश कोजु रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरीले चोरीको स्कुटर खरिद गर्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– ४ घर भई हाल सुर्यविनायक– १० पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङ लमही घर भई हाल पलाँसे बस्ने २२ वर्षीय आकाश मगरलाई पनि पक्राउ गरेको उनले बताए ।
मोटरसाइकल तथा स्कुटर चोरी गरेर बिक्री गर्ने र नम्बर परिवर्तन गरेर आफैँले चलाउने गरेको पाइएको गिरीले बताए।(रासस)