स्वास्थ्यका मापदण्ड उल्लघंन गरेको भन्दै बेलायती स्वास्थय मन्त्रीले दिए राजीनामा

एजेन्सी,असार १३ l कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोडेको भन्दैबेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।
कोरोना महामारीको समयमा उनले एक जना सहयोगीलाई अँगालो हालेर चुम्बन गरेपछि उनको तीव्र आलोचना भएको थियो।
ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्।
केही समयअघि मन्त्री ह्यानककले नियुक्त गरेकी एक जना महिला सहयोगीलाई उनले अँगालो हालेको र चुम्बन गरेको तस्बिर द सन पत्रिकाले शुक्रबार छापेको थियो ।
अरूलाईलकडाउनमा राखेर मन्त्री आफैंले मापदण्ड उल्लंघन गरेको भन्दै उनको तीव्र आलोचना भएको थियो।
नियमहरू जसले बनाए उनीहरूले तिनको कडाइका साथ पालना गर्नुपर्छ, त्यसैले म राजीनामा दिन्छु ४२ वर्षीय ह्यानककले ट्विटरमा पोष्ट गरेको भिडिओमा भनेका छन्।
बेलायत संसारमा सबैभन्दा धेरै कोरोना संक्रमित भएका मुलुकमध्ये पर्छ। त्यहाँ अहिलेसम्म ४७ लाख १७ हजार मानिसमा संक्रमण भएको छ भने १ लाख २८ हजार जनाले ज्यान गुमाएका छन्।