ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अवैधानिक रुपमा खोप वितरण: कोभिसिल्ड खोप ३ देखि ५ हजारमा विक्री

काठमाडौ,असार १३ l राष्ट्रिय उपभोक्ता मञ्चले अवैध रुपमा कोभिशिल्ड खोपको विक्रि भइरहेको जानकारी आफुलाई प्राप्त भएको बताएको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरे पूर्वीनाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अबैध रुपमा कोभिसिल्डको खोप भन्दै लुकीछिपी ३ हजार देखि ५ हजार सम्ममा बिक्रि बितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरुले दिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोभिसिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ ।

उहाँले जनताको जनस्वास्थ्य माथि खेलवाड गर्दै यस्तो गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *