ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोकप: इटाली र डेनमार्क क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, असार १३ । इटली र डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति भएका प्रि-क्वाटरफाइनल खेलमा इटलीले अष्ट्रियालाई  र डेनमार्कले वेलुसलाई पराजित गर्दैं क्वाटर फाइनलमा स्थान बनाएका हुन् ।

अष्ट्रिया र इटलिको खेलको जनिताका लागि अतिरिक्त समय कुर्न पर्यो जसमा इटलिले  २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको सुरुवाती अग्रता दिलाए । उनी खेलको ८४ औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २-१ ले विजयी भयो ।

अर्को खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्यो डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । मिकेल डाम्सगार्डको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *