ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम:मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षा

काठमाडौं असार १३ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

२४ घण्टामा प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाको अनुरोध छ ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । दिउसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *