आज असार १३ गते आइतबार तपाईको राशिफल
आज मिति २०७८ साल असार १३ गते आइतबार तदनुसार सन २०२१ जुन महिनाको २७ तारिख, आषाढ कृष्ण पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, श्रवण नक्षत्र, तृतीया तिथी, वैधृति योग, भद्रा करण, आज चन्द्रमा मकर राशीमा रहने छ । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजेर २ मिनेटमा हुनेछ । विशेष कार्यहरुको लागि शुभ समय बिहानको ११ बजेर ३९ मिनेटबाट १२ बजेर ३५ मिनेटसम्म रहनेछ । आजको राहूकाल बेलुकी ५ बजेर १८ मिनेटदेखि ७ बजेर २ मिनेटसम्म रहनेछ । राहूकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु वर्जित छन् ।
(१) मेष राशी
खुशी प्राप्त हुने खालको दिन रहनेछ , आत्मविश्वास बढने, रमाइलो भेटघाट र मिठो खानपान मा मन जानेछ । प्रगतिका नयाँ अवसरहरु आउने सम्भावना छ्, चिताएका कामहरुमा सफलता पाइने छ , कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने, स्वास्थ्य राम्रो रहने, आफनो क्षमता र अधिकारको पूर्ण सदुपयोग गरेमा कुनै कार्य वा उद्देश्य पूरा हुने सम्भावना छ, आफुभन्दा माथिल्ला व्यक्तिहरुको सहयोग पाइने । कसै कसैलाई आध्यात्मिक मार्गमा मन जान सक्नेछ । पति, पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने योग छ । गर्भवति महिलाले भने विशेष सावधानी अपनाउनुहोला ।
(२) वृष राशी
दिन प्रतिकुल हुनेछ । परिस्थितीको बन्धनमा फँसिएको महसूस हुनेछ, मानसिक तनाव बढने, वादविवाद बढने, मेहनत गरे अनुसार फल प्राप्त हुँदैन । सरकारी तथा कानूनी झमेला जस्ता भयप्रद प्रतिकुलता आउन सकछ । पेटजन्य समस्या लगायत अन्य स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु आउन सक्छ । कसै कसैलाई पद तथा जिम्मेवारी बाट मुक्त सम्म हुने अवस्था आउन सक्छ , सचेत रहनु होला,
(३) मिथुन राशी
समय अझै प्रतिकुल छ । व्यर्थको श्रम, धनको दुरुपयोग मानसिक तनाव, कष्टदायी भ्रमण शारिरिक पीडा, अस्थिरता र अधैर्यता, राजभय, अपमान, मित्र घात, आफन्तजनमा कलह वा मनमुटाव, कार्यमा बिध्नबाधा जस्ता घटनाहरु हुने सम्भावना भएकोेले आज सचेत रहनु पर्नेछ ।
(४) कर्कट राशी
दिन अनुकुल रहनेछ । लाभकारक तथा सुखदायी बसाइ हुने । मान सम्मान, प्रशंसा, कदर प्राप्त हुने । विशेष वा परिकारजन्य भोजन हुने, दाम्पत्य तथा वैवाहिक सुखको प्राप्ति, आर्थिक लाभ, धनको आगमन, स्वास्थ्य उत्तम वा रोगव्याधिको असरमा सुधार आउने, भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने योग छ ।
(५) सिंह राशी
दिन आर्थिक रुपले लाभकारक रहन सक्छ । कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहने छ , सुख सन्तोषको प्राप्ति, रिस गर्नेहरु माथि विजय प्राप्त हुने, महिला वर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने, कसै कसैलाइ आज आफनै घरमा बस्नु पर्ने स्थिती पनि आउने छ । मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा नियन्त्रण राख्नुहोला ।
(६) कन्या राशी
ं
दिन अनुकुल रहने छैन । बिध्न बाधाहरुले गर्दा हैरान बनाउन सक्छ । स्वास्थ्य स्थिती खस्कन सक्छ , पिडा तथा कष्ट पर्न सक्ने, मानसिक खिन्नता बढन सक्ने, कार्य हानी, धन वा कुनै प्यारो वस्तुको क्षति, अपयशको भागि हुनु पर्ने तथा बेकारमा दुख पाइने सम्भावना रहेको छ । सावधान रहनु होला । मासांहारी भोजन आज त्याग गर्नुहोला । अनावश्यक भेटघाट, सम्पर्क र चाहनाहरुबाट बाट जोगिनु पर्नेछ ।
(७) तुला राशी
ग्रहको खेलले जोश जाँगरमा कमी आउने अवस्था ल्याइदिन सक्छ, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने, , मित्र, आफन्त अथवा नजीककाहरुसँग मनमुटाव हुने सम्भावना छ, शारिरिक पिडाको साथै कार्यहरुमा हानीको योग छ, भोजन, खानपान लगायत निद्रामा असुविधा हुन सक्ने, तथा शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्मिmन सक्छ , कसै कसैलाई छाती वा छातीजन्य समस्याले सताउन सक्छ ।
(८) वृश्चिक राशी
मन खुशी हुने खालको दिन रहनेछ । धन लाभ हुने, पराक्रम बढने, निरोगिता प्राप्ति, कार्यमा सफलता, नोकरीमा पदोन्नति, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ वा खरिद हुने, मित्र सुख, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, अथवा चिताएको मान्छेको सम्पर्कका आइने सम्भावना छ । यात्रा वा भ्रमणको स्थिति बन्ने योग पनि प्रबल छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ ।
(९) धनु राशी
दिन सोचे जस्तो नहुन सक्छ , प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृह कलह, मानसिक तनाव, कार्यहरुमा बाधा, मान सम्मानमा कमी, शत्रु वृद्धि, धनको नोक्सानी, दन्ड जरिवाना हुन सक्ने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटावको स्थिीति बन्न सक्नेछ । कसै कसैलाइ घरबाहिर बस्नु पर्ने अवस्था आउन सक्छ, विद्यार्थीहरुको पढाइमा मन नलाग्ने अवस्था रहन सक्छ,
(१०)मकर राशी
भाग्यले सहयोग गर्ने खालको दिन रहने छ । रोगव्याधिबाट मुक्ति, मान सम्मानाम बृद्धि, गरेका कार्यहरुमा सफलता, धातु, अन्न तथा वस्त्र सम्बन्धि लाभ हुने तथा शत्रहरु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा शैया सुख, आदर सत्कारको प्राप्ति, मित्र सहयोग जस्ता शुभ फलहरु पाइने सम्भावना छ । कसै कसै लाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग बनेकोे छ ।
(११) कुम्भ राशी
दिन अनुकुल नरहन सक्छ । मानसिक अशान्ति, शारिरिक कष्ट, जोश जाँगरमा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कार्य हानी, धन हानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन रहनेछ । कसै कसैलाई शोक पर्न सक्ने वा विछोडिनु पर्ने पनि हुन सक्छ ।
(१२) मीन राशी
दिन सुखमय हुनेछ । कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, मित्र तथा भाइ बहिनीहरुले साथ र सहयोग गर्ने । धन लाभ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, मित्रहरुले सहयोग गर्ने । गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ , आय वृद्धि को बाटो फेला पर्न सक्छ, पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, पारिवारिक तथा जीवनस्तरमा बृद्धिको योग छ । व्यापारी वर्गलाई दिन अनुकुल छ,