ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता


दाङ,असार १२ l दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् ।

पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ ।

प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही–तुलसीपुर सडकखण्ड ठप्प छ । पत्रेखोला, सेवार र हापुर खोलामा पानीको बहाब बढेपछि साना तथा ठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन् l(रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *