ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ग्यास चुहावट हुँदा भक्तपुरमा आगलागी


भक्तपुर,असार १२ l खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित  एकघरमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु। ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं। १ का क्षेत्रीय सभापति जीवन खत्री,सचिव जनक खत्रीको टोलीले  पीडितलाई नगद रु पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *