कर्णाली नदीको पक्की पुल भासिएपछि आवात-जावतमा रोक,कोशीमा यो बर्षकै उच्च बहाव

काठमाडौं,असार १२ । कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमाथी राजापुरमा रहेको पक्की पुल एक छेउमा कटान भएपछि पुल भासिन थालेको छ ।
जसका कारण आवत जावतमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको छालले पुलको बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि जोखिम बढेका कारण आवत जावतमा रोक लगाइएको हो ।
उता लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बर्षकै उच्च मापन गरिएको छ । अहिले सप्तकोशीमा प्रति पानीको बहाव प्रति सेकेण्ड १ लाख १८ हजार ७६० क्युसेक पुगेको छ ।
पानीको बहाव बढेपछि भारतको नियन्त्रणमा रहेको सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये १९ वटा ढोका खुल्ला गरिएको छ।