ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पत्रकारसंग विपक्षी गठवन्धन-कुन नेताले के भने ?

फाइल फोटो

काठमाडौं,असार १२ । प्रतिपक्षी गठवन्धन पछिल्लो समय सरकार प्रति आक्रामक बनेको छ ।

सडक संघर्षका लागिलाई सशक्त बनाउने निर्णय गरेको प्रतिपक्षीले सम्पादकसंगको छलफल पछि पुन विट रिपोटरसंग छलफल गर्यो ।

शनिवार भएको छलफलमा कुन नेताले के भने ?

शेरबहादुर देउवा- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्री केपी ओलीको कार्यकर्ता बनेको आरोप लगाए । आफुले एक सय ४९ जना सांसदको हस्ताक्षर बुझाउदाँ पनि प्रधानमन्त्रीमा नियुक्त नगरेको देउवाको दुखेसो थियो ।

पुस्पकमल दाहाल(प्रचण्ड)-प्रचण्डले शेरबहादुर देउवाले प्रधानमन्त्री नमागेको र त्यसमा माधव नेपाल र आफुले प्रधानमन्त्री बन्न आग्रह गरेको जनाए । ओलीकै कारण देश अधोगतिमा लागेका कारण त्यसको बचाउ गर्न शेरबहादुर देउलाई साथ दिन आफुहरु तयार रहेको उनको भनाई थियो ।

माधवकुरमार नेपाल –एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुलाई प्रधानमन्त्रीको प्रस्ताव पटक पटक आएको दावी गरेका छन् ।

शेरबहादुर देउवालाई विचमानै पत्तासाफ गरौं तपाई प्रधानमन्त्री बन्नुहोस भन्ने प्रस्ताव आएको भन्दै नेता नेपालले विपक्षी गठवन्धनलाई धोका नदिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *