ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खोप राजनितिक एजेन्डा बनेको_स्वास्थ मन्त्रालय

काठमाडौं,असार १२ । कोरोना विरुद्धको खोप खरिदका लागी सरकारले विभिन्न पहलहरु गरेको बताए पनि हालसम्म कुनै सकरात्मक नजिता दिन सकेको छैन् ।

सरकारले काम गर्ने भन्दा धेरै खोपलाई राजनीति गर्न खोज्दा जनताहरु भने खोप पाउन नसकेको विज्ञहरुको आरोप छ ।
सरकारले कोरोना विरुधको खोप खरिद प्रकृयालाई आफ्नो प्रमुख उपल्व्धि भएको सार्वजनीक गर्दै आएको छ ।

तर सरकारको प्रचार अनुसार अहिलेसम्म खासै उपल्व्धि भने देखिएको छैन । भारतसंग खरिद गरेको १० लाख खोप बाहेक अरु खोप आएन सकेको छैन त्यो पनि २० लाख खोप खरिद गरेकोमा १० लाख खोपमात्र भारतले दिएको हो ।

बाकीँ रहेको उक्त खोप कहिले आउछ भन्ने अहिलेसम्म यकिन छैन । त्यस्तै अन्य देशसंगको खोप खरिदको प्रकृया पनि उस्तै छ । यसरी खोप खरिद नहुनुलाई विज्ञले भने कुराभान्दा काम कम गर्न नेतृत्वको प्रवृर्तिलाई दोष दिएका छन् ।

खोप खरिदका लागि विभिन्न कुटनीतिक पहल हुदैं राष्ट्रपति सम्मले यसमा चासो जनाउदैं पत्रचार गरेको जनाइएको छ । तर एकपटक पत्रचार गरेर भूल्ने प्रवृर्तिकै कारण ठोस उपलव्धि नदेखिएको विज्ञहरुको बुझाई छ ।

देखिदाँ राष्ट्रपतिले गरेको पहल देखिए पनि जुन पर्याप्त नभएको उनीहरुको भनाई छ । राजनीतिज्ञहरुले राजनीति गर्नैका लागि एजेन्डा प्रस्तु गरेर छोड्ने गरेको उनीहरुको आरोप छ ।

जथाभावी राजनीतिज्ञले खोपको बारेमा अनर्गल प्रचार गर्दां स्वास्थ्य मन्त्रालय आफै हैरान भएको छ । जवसम्म हातमा खोप पर्दैन तवसम्म केही बोल्ने अवस्था नरहेको स्वास्थ्य मनत्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल बताउछन् ।

सरकारले मेहेनत नै नगरेको आरोप झुठ भएको दावी गरेको मन्त्रालयले सवै देशहरुले कोभ्यास फ्यासिलिटिमा नै जान खोजेकोले खोप आयातमा गाह्रो भएको दावी गर्छ ।

सरकारले हालसम्म देशभर २५ लाख भन्दा बढीले पहिलो मात्रा र ७ लाख ३१ हजार भन्दा बढीले दोश्रो मात्रा खोप लगाइसकेका छन्। हालसम्म नेपालमा ४२ लाख ४८ हजार डोज खोप जसमा कोभ्याक्स मार्फत ३ लाख ४८ हजार डोज खोप र भारत,चीनबाट नेपालले प्राप्त गरीसकेको छ ।

सरकारले खरिद गरेको १० लाख डोज खोप अहिले सम्म ल्याउन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *