ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ४९१४ ‍जना कोरोना मुक्त भएसँगै ३० जनाको मृत्यु

काठमाडौ,असार १२ l स्वास्थ्य मन्त्रालयका अनुशार गत चौबीस घण्टामा देशभरबाट ४ हजार ९ सय १४ जना कोरोना मुक्त भएसँगै कोरोना मुक्त हुने प्रतिशत ९१ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरबाट कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ८ हजार ९ सय ७५ जनाको मृत्यु भइसकेको छ भने कोनाबाट मृत्यु हुने प्रतिशत १ दशमलव ५ रहेको छ ।

आज देशभरबाट गरिएको पिसिआर र एन्टिजेन विधिबाट गरीएको ९ हजार ८ सय १० वटा नमुना परीक्षण ‍मा चौबीस घण्टामा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर संक्रिय संक्रमित संख्या ४२ हजार २४ जना र क्वारेन्टिनमा ३ सय ६१ जना रहेका छन् ।

भने आसियुमा उपचारत ७ सय ३४ जना र भेन्टिलेटरमा २ सय २२ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *