कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद असार २०सम्म
भक्तपुर असार १२ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप असार २० गतेसम्मलाई थप गरेको छ ।
रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म भएपनि विचमा धेरै विद्यायलयले परिक्षा फम बुझाउन छुटाएका कारण बोर्डले भमको मिति थप गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको भनाई छ ।
बोर्डले जारी गरेको सूचनामा लेखिएअनुसार रजिष्ट्रेसनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार २०० रुपैयाँ लाग्ने छ । कक्षा १२ नियमित, आंशिक/ग्रेडवृद्धि (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७० वा सोभन्दा माथि भएकाले) फारम बुझाउन सक्नेछन् ।
यसैगरी कक्षा ११ को आंशिक/ग्रेडवृद्धि मात्र (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक, ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएका)ले फारम बुझाउन सक्ने छन् । रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको बोर्डको भनाई छ ।
