ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम- अधिकांश स्थानमा भारी बर्षा

काठमाडौं असार १२ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको भन्दै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको समेत महाशाखाको भनाई छ ।

महाशाखाले उक्त प्रदेशमा बाढी पहिरोको समेत सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । -‘प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।‘ महाशाखाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *