ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज असार १२ गते शनिवार तपाईको राशिफल

आज मिति २०७८ साल असार १२ गते शनिबार तदनुसार सन २०२१ जुन महिनाको २६ तारिख, आषाढ कृष्ण पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, पूर्वषाढा नक्षत्र, दितीया तिथी, इन्द्र योग, ब्रम्हा करण, आज चन्द्रमा दिउँसोको १२ बजेर २० मिनेटबाट मकर राशीमा प्रवेश गर्नेछ । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजेर १ मिनेटमा हुनेछ । विशेष कार्यहरुको लागि शुभ समय बिहानको ११ बजेर ३९ मिनेटबाट १२ बजेर ३४ मिनेटसम्म रहनेछ  । आजको राहूकाल बिहानकोे ८ बजेर ३९ मिनेटदेखि १० बजेर २३ मिनेटसम्म रहनेछ । राहूकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु वर्जित छन् ।

(१)मेष राशी

अपरान्ह पछि दिन राम्रो हुन थाल्नेछ, शुभ समाचार आउन सक्नेछन, चाहेको व्यक्तिको सहयोग प्राप्त हुन सक्नेछ,  रोकिएका कार्यहरुमा प्रगति हुन थाल्नेछन, विरोधीहरुले घात गर्न सक्ने छैनन । कार्य सिद्धि, आर्थिक लाभ, आय स्रोत बढने जस्ता सकारात्मक कुराहरुको शुरुवात हुन थाल्नेछ । जागिर वा व्यवसायमा परिवर्तन खोजिरहनु भएको छ भने अबको २ दिन शुभ रहनेछ ।

(२) वृष राशी

१२ बजे पछि समय प्रतिकुल हुन सक्नेछ । मेहनत गरेअनुसार फल नमिल्ने, काममा जस नपाउने, मुद्दा मामिला अथवा सरकारी कामहरुमा अपठयारो स्थिती आउन सक्ने, अचानक खर्च हुने, कुटुम्बसँग टाढिने अवस्था आउने, शारिरिक अस्वस्थता, पेट विकार, मानसिक अशान्ति, विवाद तथा असमझदारी बढने जस्ता नकारात्मक कुराहरु हुन सक्नेछन, सचेत रहनु होला,

(३) मिथुन राशी

साढे बारह बजे पछि समय अनूकुल नहुन सक्छ । कर्म क्षेत्रमा असहज परिस्थिीत बन्न सक्नेछ, आर्थिक तथा पारिवारीक समस्याले मन खिन्न हुन सक्छ, कार्यमा बिध्नबाधा आउन सक्ने, निरर्थक श्रम हुनसक्ने, धन हानी, रोग र शत्रुले घात लगाउन सक्ने, घाउचोटपटक लाग्न सक्ने, मानसिक छटपटि बढन सक्ने, पारिवारिक असमझदारी देखा पर्न सक्छन । अनावश्यक खर्च, झगडा र विवादबाट बच्नु नै आजको एकमात्र उपाय हुनेछ । 

(४) कर्कट राशी

अपरान्ह पछि समय राम्रा हुन थाल्नेछ । शुभ ग्रहहरुको दशाले पुरुषार्थ सिद्ध गर्ने अवसर मिल्नेछ,  विरोधिहरु परास्त हुने, मातृ तथा भूमि सुख, स्वास्थय उत्तम हुने, वैवाहिक सुख, पारिवारिक जमघट, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, शैयया सुख, दाम्पत्य जीवन आनन्दमय हुने , भोग विलास  मनोरन्जनमा मन जान सक्ने । वस्त्र, वाहन या सौन्दय सामाग्रीहरु प्राप्त हुने अथवा खरीद हुने, धन लाभ  हुने, रोकिएको कार्यहरु अगाडि बढन थाल्नेछन । कार्य स्थल र व्यवसायमा सफलता प्राप्त हुन थाल्नेछ, 

(५) सिंह राशी

दिउँसो एक बजे पछि दिन अनुकुल हुन थाल्नेछ । कार्य स्थलमा सहयोग पाइने, आर्थिक लाभ, मित्र सुख, शत्रुहरु पराजित हुने, अत्यधिक परिश्रम बाट मुक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, उत्तम पारिवारिक तथा दाम्पत्य सुखले मन आनन्दित हुने, विवादित विषय लगायत अन्य कुराहरुमा शुभ समाचार आउन सक्ने सम्भावना बढेको छ । विद्यार्थीहरुलाइ समय राम्रो रहनेछ ।

(६) कन्या राशी

सचेत हुनुपर्ने खालको दिन रहने छ । पारिवारिक द्धन्द बढन सक्ने, सन्तान पीडा, बन्धुबान्धव तथा आफन्तजन सँग मनमुटाव हुन सक्ने, कार्य हानी, बौद्धिक कार्यमा असफलता हात लाग्ने, धपेडी पर्ने, मन अशान्त हुने, कर्ममा गतिरोध आउने सम्भावना छ , धन हानी हुने योग रहेकोले आज लगानी नगर्दा राम्रो । पेट सम्बन्धि समस्यालाई बेवास्ता नगर्नुहोला, अपयशको भागी हुनसक्ने खालको दिन भएकोले आज विवादबाट टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।

(७) तुला राशी

झमेला हुने खालको दिन हुन सक्छ, आत्मियजन अथवा नजिकका सँग कुरा नमिल्नाले मन अशान्त रहन सक्छ, गरेका कार्यहरुमा बाधा आउने, जस नपाइने, दुख कष्ट को साथै परिबन्धमा परिने , रिस गर्नेहरु बढने, आम्दानीमा प्रतिकुलता आउने, मित्र अथवा बन्धुहरुसँग वैमनस्यता बढने आदि सम्भावना रहेकोले आज सावधानी अपनाउनुहोला। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने दिन छ ।

(८) वृश्चिक राशी

अपरान्ह पछि दिन राम्रो रहने छ । जोश जाँगर र साहस बढने, धन वाहन वा भौतिक सुखको प्राप्ति, कार्यमा सफलता, उत्तम गृह सुख, मन प्रसन्न हुने, आरोग्यता प्राप्ति, वस्त्रलाभ, मान सम्मान प्राप्ति । सुखद दाम्पत्य जीवन, मित्र सुख, शत्रु बाधाबाट मुक्ति , कसै कसैलाई शुभ ग्रहको दशाले नोकरीमा पदोन्नति ल्याउन सक्नेछ । अथवा छोटो दुरीको यात्रा वा भ्रमणको सम्भावना पनि बन्न सक्छ,

(९) धनु राशी

अपरान्ह पछि दिन अनूकूल नहुन सक्छ । चित्त दुख्ने स्थिति आउन सक्छ । जोश जाँगर घटने, मनमा गलत विचारहरु आउन सक्ने,  आफन्त तथा बन्धु बान्धव बिच वैमनस्यता बढने अथवा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बिध्न बाधा हुने, व्यर्थको श्रम, खर्चमा बृद्धि,  सोचेको आँटेको काममा नबन्ने वा झंझट बेहोर्नु पर्ने । संचित धन आदिमा नकारात्मक असर पर्ने सम्भावना छ,। व्यवसाय र लगानीलाई समय आज प्रतिकूल छ, घमन्ड लाइ आज  बिल्कुलै त्याग गर्नु भएमा दिन सहज रहने छ ।

(१०) मकर राशी

दिन सोचे जस्तो नरहन सक्छ । उदास हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । आम्दानी कम खर्च बढी हुने, वादविवाद बढन सक्ने, स्थान परिवर्तन हुने , गरेका  निर्णयहरु गलत हुने सम्भावना देखिएको छ, शारिरिक कष्ट तथा पिडा, आफन्तजनसँग कुरा नमिल्ने वा अप्ठयारो स्थिीति बन्ने, कार्यमा बाधा आउने, परिबन्धमा फसिने सम्भावना छ । कुनै कुराको चिन्ताले सताउने, कसैबाट अपमान वा अनादर सम्म हुने योग बनेकोले सावधानी अपनाउनु होला ।

(११) कुम्भ राशी

मध्यान्ह पछि दिन प्रतिकुल भइदिन सक्छ । मानसिक अशान्ति र छटपटि बढन  सक्छ । घर परिवार तथा कुटुम्बसँग मतभेद वा विछोड गराउन सक्छ, प्रतिष्ठित वा आफूले मान्नु पर्ने व्यक्तिसँग विवाद हुने सम्भावना भएकोले सावधान हुनुहोला, अधिक धन खर्च, परिवारमा कष्ट, दुखद यात्रा, स्वास्थ्य हानी, शारिरिक शिथिलता, जोश जाँगरमा कमी, खर्चमा वृद्धि, इष्र्याको भावना पलाउने आदि हुन सक्छन । एक बजे पछि लिने निर्णयहरु लिँदा सावधान रहनु होला । विद्यार्थीहरुको लागि भने समय राम्रो रहनेछ ।

(१२) मीन राशी

१ बजे पछि दिन शुभ हुन थाल्नेछ  । शुभ समाचारहरु आउन सक्छन् । जोश जाँगरमा वृद्धि , आर्थिक लाभ । शत्रु नाश । मित्र बाट फाइदा । उत्तम वस्त्र तथा भोजन प्राप्ति । भोग विलासमा रुचि जाग्नेछ । आफैंले केही नयाँ गर्ने समय शुरु हुनेछ । संचित धनमा वृद्धिको शुरुवात हुनेछ । आय स्रोतको नयाँ बाटो फेला पर्न सक्छ, प्रयास गर्नुहोला। अडकिएका कार्यहरुले गति लिनेछ । मान सम्मान मा बृद्धि, पद, सम्मानको प्राप्ति, प्रेम सम्बन्धमा सफलता । विद्यामा प्रगति आदि सकारात्मक कुरा हरु हुन थाल्नेछन ।  सन्तानको लागि खर्च हुन सक्ने योग बनेको छ । स्वास्थ्यको भने बिशेष ख्याल गर्नुहोला,

Leave a Reply

Your email address will not be published. Required fields are marked *