ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर गत चौबीस घण्टामा २४७६ जनामा संक्रमण ,२७ जनाको मृत्यु

काठमाडौ,असार ११ l मन्त्रालयका अनुशार गत चौबीस घण्टामा देशभरबाट गरिएको पिसिआर र एन्टिजेन विधिबाट गरीएको १४हजार ३ सय ५१ वटा नमुना परीक्षणमा २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ८ हजार ९ सय ४५ जनाको मृत्यु भइसकेको छ भने कोरोनाबाट मृत्यु हुने प्रतिशत १ दशमलव ५ रहेको छ ।

मन्त्रालयका अनुशार देशभर ५ हजार ४ सय ५५जना कोरोना मुक्त भएसँगै कोरोना मुक्त हुने प्रतिशत ९१ दशमलव ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

देशभर संक्रिय संक्रमित संख्या ४५ हजार ७ सय ९४ जना रहेका छन् भने क्वारेन्टिनमा ३ सय ७३ जना रहेका छन्।भने आसियुमा उपचारत ७ सय १४ जना र भेन्टिलेटरमा २ सय १ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *