१४ औं महाधिवेशनमा पूर्वराजकुमारहरुले जोगाउलान्न त बाबुहरुको विरासत

काठमाडौं,असार ११ । १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा काँग्रेस भित्र आन्तरिक तयारी तिव्र छ ।
सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशका आफ्ना पक्षका केन्द्रिय सदस्यसंग छलफल गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छलफलमा छन् ।
१३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाको प्यानल देखिएको थियो । तर १४ औं महाधिवेशनमा भने सिटौला समुह निस्कृय बनेको छ ।
तर यो महाधिवेशनमा भने विमलेन्द्र नीधि, शशांक कोइराला र प्रकाशमान सिंहले नयाँ गठवन्धन तयार गर्ने निर्णय गरेका छन् ।
महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा शुक्रबार दिउँसो कोइरालासहित उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच भएको छलफल यस्तो सहमति भएको जनाइएको छ ।
बाबुहरुको उत्तराधिकारीमा आएको नयाँ राजकुमारको पुस्ताले काँग्रेसको विरासत कायम गर्न सक्लान त्यो भने हेर्न बाकीँ छ ।