ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने

काठमाडौ,असार ११ l स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदवहाली गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको बिहीबार जिम्मेवारी दिएपछि उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदवहाली गरेका हुन्।

शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने बताएका छन्।

उनले जोखिम मोलेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान हुनुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *