ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध


बैतडी,असार ११ l पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण बिहान ९ः०० बजेदेखि राजमार्ग अवरुद्ध बनेको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको होl

राजमार्ग अवरुद्ध हुँदा २० भन्दा बढी सवारी साधन रोकिएका प्रहरीले जनाएको छ । सवारी साधन रोकिँदा यात्रु बीच बाटैमा अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग सडक खुलाउने प्रयास भइरहेको केही घण्टाभित्रै सडक पुनः सञ्चालन हुने प्रहरीले जनाएको छ । उक्त ठाउँमा यसअघि पनि पहिरो खसेको थियो ।

यसअघि लगातारको वर्षाले गर्दा उक्त स्थानमा पहिरो खस्दा यही असार ५ गतेदेखि चार पटक राजमार्ग अवरुद्ध भइसकेको छ l(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *