असार २२ गतेबाट भेरोसेलको दोस्रो डोज खोप लगाउदै

काठमाडौं ,असार ११ । असार २२ गतेबाट भेरोसेलको दोस्रो डोज खोप लगाउने भएको छ । कोराना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई असार २२ गतेबाट दोस्रो डोज खोप लगाउने भएको छ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज खोप लगाएको थियो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय गरीएको छ ।
अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने ब्यवस्था गरेको छ । खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ।