डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिनसक्ने भन्दै विश्व स्वास्थ संगठनले चिन्ता ब्यक्त

काठमाडौं ,असार ११ । कोरोनाको डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिने प्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ। यही अनुपातमा डेल्टा भेरियन्ट फैलिरहे विश्वमै संक्रमण बढ्ने खतरा देखिएको डब्लूएचओको भनाइ छ।
अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको विश्व स्वास्थ संगठनको तंथ्याक छ। पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको डब्लूएचओले जनाएको छ ।
अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको डब्लूएचओले जनाएको छ।
पछिल्लो समय डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको छ। यस क्रममा अल्फा भेरियन्टभन्दा डेल्टा तीव्र गतिमा फैलने गरेको पाइएको डब्लूएचओले जनाएको छ।