ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोपेली युनियन इयुले नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, असार ११ । युरोपेलीन युनियन इयुले नेपाललाई कोरोना महामारीमा प्रयोग गरीने स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।

यो भन्दा अगाडी पनि इयुले नेपाललाई धेरै सहयोग गरीसकेको छ । यसले नेपाल र इटलीको सम्बन्धलाइ झन बलियो बनाएको छ । युरोपेलीन युनियन इयुले नेपाललाई कोरोना संक्रमितका लागी उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।

आज विहान त्रीभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई नेपालका लागि इटलीका राजदूत, एच.ई. भिन्सेन्जो डे लुकाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै लुकाले इटलीस्थित संयुक्त राष्ट्रसंघको मानविय सहायताका लागी विश्वभर स्वास्थ्य सामग्री प्रदान गर्ने गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्य सामग्री सहयोगले नेपाल र इटलीविचको आफसी सम्बन्ध अझ सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभएको छ । युरोपेलीन युनियन इयुले नेपाललाई २० थान भेन्टिलेटर,६ हजार आसियु गाउन र १० हजार प्रोटेक्टिक ओभर्लस उपलब्ध गराएको छ ।

यसले कोरोना महामारीको लडाइमा धेरै सहयोग गर्ने मन्त्रालयको भनाई छ । स्वास्थ्य सामग्री ग्रहण गर्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले यो भन्दा अगाडी पनि युरोपेलीन युनियनले नेपाललाई धेरै सहयोग गरीसकेको बताए ।

इयुबाट नेपाललाइ १२ वटा देशबाट अहिले सम्म सहयोग गरीसकेको छ ।आजको सहयोग दोश्रो लहरका लागी अन्तीम सहयोग पनि रहेको र नेपाल र इटली बिचको सम्बन्ध अझै बलियो भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *