ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज असार ११ गते शुक्रबार तपाईको राशिफल

आज मिति २०७८ साल असार ११ गते शुक्रबार तदनुसार सन २०२१ जुन महिनाको २५ तारिख, आषाढ कृष्ण पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, मूल नक्षत्र, प्रतिपदा तिथी, ब्रम्हा योग, बालब करण, आज चन्द्रमा धनु राशीमा रहने छ । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजेर १ मिनेटमा हुनेछ । विशेष कार्यहरुको लागि शुभ समय दिउँसोको १२ बजेर ०७ मिनेटबाट १२ बजेर ३४ मिनेटसम्म रहनेछ  । आजको राहूकाल बिहानकोे १० बजेर २३ मिनेटदेखि १२ बजेर ०६ मिनेटसम्म रहनेछ । राहूकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु वर्जित छन् ।

(१) मेष राशी

ग्रहले साथ नदिएको जस्तो अनुभव हुनेछ, अनेक प्रकारको खर्च,  मानसिक तनाव, असान्दर्भिक कार्य गर्न मन लाग्ने, नकारात्मक सोच बढन सक्ने, पारिवारीक समस्या, दाम्पत्य सुखमा कमी, मान प्रतिष्ठा मा धक्का लाग्ने, सरकारी झंझट र बाधा हुने सम्भावना पनि छ, व्यवसायीहरुलाइ दिन मध्यम रहनेछ,  व्यवसायमा थप लगानी अथवा परिवर्तन गर्न मन लाग्न सक्छ, पिता वा सन्तान सँग कष्टदायी  स्थिती आउन सक्छ । कसै कसैलाई पित्त तथा आँखा सम्बन्धि समस्या आउनु को साथै खराब संगतले हानी पुरयाउने सम्भावना छ,

(२) वृष राशी        

दिन अनुकुल छैन, कष्ट पर्ने वा हानी हुने जस्ता प्रतिकुल घटनाहरु हुन सक्छन् । अनावश्यक खर्च, संचित धनमा नोक्सानी, शत्रुहरुले रिस गर्ने, निरर्थक भयले सताउने, खानपानको गडबडी, स्वास्थ्यमा समस्या, आफन्तसँग झगडा वा मित्रसँग विवाद, दाम्पत्य सुखमा कमी, मानसिक चिन्ता, घाउ चोटपटक दुर्घटना जस्ता अनिष्ट फलहरुको  सम्भावना छ, कसै कसैलाई अरुलाई भन्न नमिल्नेखालको गोप्य कुराहरुमा मन बहकिन सक्छ ।

(३) मिथुन राशी

दिन राम्रो रहनेछ । हरेक कार्यमा विजयी, शत्रुहरु पराजित हुने, मान सम्मानको प्राप्ति, धन लाभ, उत्तम भोजन, व्यवसायीक लाभ, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, दाम्पत्य सुख भोग गर्नुको साथै मनोरन्जनमा समय बित्न सक्नेछ । स्वास्थ्य राम्रो रहने वा सुधारोन्मुख रहने , कसै कसैलाई व्यर्थको श्रम गर्नु पर्ने हुन सक्छ , निरर्थक विवाद र गलत व्यक्तिहरुको सम्बन्ध र सहकार्यबाट जोगिनु भएमा दिन अति सुखद रहनेछ ।

(४) कर्कट राशी

दिन अनुकुल रहनेछ । कुटुम्ब तथा मातृ सुख प्राप्ति, आर्थिक लाभ, शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य सुख, भोग विलाश तथा शयन सुख, आदर सत्कार पाइने, पारिवारिक सुख, शत्रुबाधाहरुबाट मुक्ति, आर्थिक लाभ, कानुनी झमेला लगायत अन्य कुराहरुमा सजिलो हुने योग छ । विद्यार्थी तथा व्यवसायी वर्गलाई समय राम्रो छ । कुनै पुरानो रोग अथवा पेटसम्बन्धि समस्या दोहोरिन सक्छ,  यात्रा गर्दा भने सचेत रहनुहोला,

(५) सिंह राशी

व्यर्थमा अलमल हुने खालको समय छ, धन हानी, अधिक खर्च, मानसिक खिन्नता, कर्ममा गतिरोध, अपयशको भागि बन्नु पर्ने, चोटपटकको भय, दाम्पत्य सुखमा बाधा, स्वास्थ्य हानी लगायत कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । सोचेको आँटेको काम पुरा हुन अलि मेहनत गर्नु पर्ने दिन छ।  अरुहरुसँग हुने विवादबाट आज टाढै रहनु होला ।

(६) कन्या राशी

दिन सावधानी अपनाउनु पर्ने खालको छ ।  आफन्त तथा बन्धुजन वा अन्य नजिकका बिच वैमनस्यता बढने वा कुरै नमिल्ने हुन सक्छ । आज रोग र चिन्ता र कलहबाट टाढा रहनुपर्ने दिन छ, धन हानी हुने वा बढी खर्च भइदिन सक्छ, कार्यस्थलमा गतिरोध रहने, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउन सक्ने, मान सम्मान दिन वा प्रशंसा गर्न अरुले कन्जुस्याईं गर्न सक्छन्, दाम्पत्य सुखमा बाधित छ , साथै मित्रतामा पनि अप्ठयारो स्थिती नआउला भन्न सकिन्न,

(७) तुला राशी

भाग्यले साथ र सहयोग जारी छ । आत्मविश्वास बढने, आर्थिक लाभ हुने, मित्र वा नजिककाहरुबाट सहयोग पाइने, गरेका कार्यहरु सफल हुने, आरोग्यता प्राप्ति, शत्रुबाधा बाट मुक्ति ।  दाम्पत्य जीवनमा खुशीको अवसर , कसै कसैलाई घरबाहिर जानु पर्ने खालको लाभदायक भ्रमण हुन सक्छ । प्राविधिक क्षेत्रमा तथा अनलाइन व्यवसायमा हुनेहरुलाई दिन शुभ  रहने छ ।

(८) वृश्चिक राशी

मानसिक असन्तोष बढने खालको दिन छ ।  गरेको काममा बाधा आउने वा ढिलो हुन सक्ने, कुटुम्बसँग मन नमिल्ने, सन्तान पक्षबाट समस्या या चिन्ता थपिन सक्छ, छाती भन्दा माथिको भागमा समस्या आउन सक्ने, गलत काममा वा गोप्य कुरामा मन जाने, विद्यार्थीहरुको पढाइबाट मन हटने सम्भावना बनेको छ।  जथाभावी खानपानले स्वास्थयमा प्रतिकुलता आउन सक्छ । कसै कसैलाइ कानूनी समस्यामा परिने सम्भावना भएकोले सचेत रहनु होला ।

(९) धनु राशी

भाग्यले साथ दिनेछ, सुख समृद्धि, निरोगिता, उत्तम भोजन प्राप्ति, परोपकारी कार्यमा मन जाने, वंशज तथा कुटुम्बजनको सहयोग प्राप्त हुने, धनधान्यको वृद्धि, मित्र बृद्धि, गृह सुख, वस्त्र वा उपहार आदि प्राप्त हुने, आदर सत्कार पाइने योग चलेको छ, शैयया सुख, वैवाहिक सुख मिल्ने । प्र्रेम सम्बन्धको लागि दिन राम्रो रहनेछ । व्यावसायीक साझेदारी वा अन्य किसिमको पार्टनरशीपको लागि दिन राम्रो छ । लगानीको लागि समय ठीक छ ।

(१०)मकर राशी

विविध प्रकारको चिन्ताले ग्रसित हुनु पर्ने वा मनमा कुराहरु खेलाइरहनु पर्ने हुन सक्छ , अल्छीपन बढने, ईष्र्या,  मनमा गलत विचारहरु आउने जस्ता कुराले मन हुँडलिन सक्छ, कर्म क्षेत्र तथा वृत्ति व्यवसायमा संकटको बादल नआउला भन्न सकिन्न । आर्थिक पक्षमा गिरावट  आउने, यात्रामा कष्ट, आफन्तमा वैरभाव वा नजिककाहरुसँग कुरा नमिल्ने, मानहानी, स्थानहानी, कानूनी समस्या, पदच्यूति जस्ता नकारात्मक फलहरु को सम्भावना भएकोले सचेत रहनु होला ।

(११) कुम्भ राशी

दिन आनन्दायक रहनेछ, शुभ समाचार आउन सक्ने । शरिरमा जोश जाँगर र उत्साहको संचार हुने , ऐश्वर्य, पद प्रतिष्ठा, मान, कीर्ति यशमा वृद्धि, गरेको काममा सफलता, व्यवसायमा उन्नति, धन लाभ, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, मित्र सुख वा मित्रहरुबाट फाइदा । आय स्रोत सम्बन्धि नयाँ थालनी हुनसक्छ, अगाडि बढनुहोला, पुराना अडकिएका कार्यहरुले गति लिनेछन । जागिरमा कसै कसैलाई चिताएको ठाउँमा स्थानान्तरण वा पदोन्नतिको सम्भावना छ, व्यापारी वर्गलाई दिन राम्रो छ, लगानीलाइ पनि दिन शुभ छ ।

(१२) मीन राशी

विशेष सुखानुभूति दिलाउने खालको दिन बन्न सक्छ, रिस गर्नेहरु माथि विजय, सन्तति सुख, धन लाभ, कार्यमा सफलता एवम् बौद्धिक, आर्थिक तथा सामाजिक पक्षमा उन्नति हुने योग छ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनु भएको छ भने समय राम्रो छ । चिताएको फल पाउने अथवा कुनै शुभ समाचार आउन सक्ने सम्भावना छ  । विद्यार्थीहरुको लागि भने अलि मेहनत गर्नु पर्ने दिन छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *