उपत्यकामा आज थप ३३५ जनालाई संक्रमण

काठमाडौ,असार १० l काठमाडौं उपत्यकामा आज थप ३ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका २३४ जना, ललितपुरका ६८ जना र भक्तपुरका ३३ जना छन्।यस्तै, २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको नमूना परीक्षण गरिएको थियो। साथै, थप २ हजार ५१८ जना निको भएका छन्। त्यस्तै थप २४ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।