ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दक्षिणकालीमा हत्या भएकी महिला सन्तोषी सुब्बाको हत्यारा सुरेश तिमल्सिना सार्वजनिक

काठमाडौं,असार १०। काठमाडौंको दक्षिणकालीमा महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

सुरेश तिमल्सिनालाई महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर सन्तोषी सुब्बाको हत्या आरोपमा सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेश तिमिल्सिनाले सन्तोषीको हत्या गरेको खुलेपछि अपराध महाशाखा र महानगरिय प्रहरी परीसर काठमाडौंको संयुक्त टोलीले अनुसन्धान गरेको थियो ।

सहि क्रममा लुकिछिपि बसेको क्रममा प्रहरीले कमलाक्षी ईनबहालबाट पक्राउ गरेको बताएको छ ।

प्रहरीका अनुसार गत असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।

घटनास्थलमा उनले जरबरजस्ती गर्नेक्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको महानगरिय अपराध महाशाखाले बताएको छ ।

हत्या पश्चात अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो । घटनाको २४ घण्टा नबित्दै हत्या आरोपीलाई नियन्त्रणमा लिईएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *