कसैको मन ढल्यो, कसैको घर ढल्यो, बाढी पहिरोले हालसम्म २३ जनाको ज्यान गयो

काठमाडौं,असार १०। मनसुन सुरु भएयता लगातारको भारी वर्षाका कारण आएको बाढी पहिरोबाट देशका विभिन्न जिल्लामा २३ जनाको ज्यान गएको छ ।
मनसुन सुरु भएयताको लगातारको भारी वर्षाका कारण बाढी पहिरोका कारण २३ जनाले ज्यान गुमाएका छन । बाढी र पहिरोमा परी २४ जना बेपत्ता भएका छन् भने १७ घाईते भएको प्राधिकरणले बताएको छ । हालसम्म भौतिक संरचनामा हेर्दा ३ सय २५ नीजि घरमा पूर्ण क्षती साथै १०९ घर आंशिक क्षती भएको प्राधिकरणले बताएको छ ।
जोखिमबाट धेरै प्रभावित भएको सिन्धुपाल्चोकमा हालसम्म ७ वटा मोटरेबल पुल १३ वटा झोलेङ्गे पुल ईलाका प्रहरी कार्यलय हेलम्बु सशस्त्र ईलाका प्रहरी कार्यलयमा क्षति साथै १० वटा माछा फारम पूर्ण रुपमा बगाएको छ भने मेलम्ची आयोजनामा समेत क्षती पुगेको छ ।
मनाङमा ६० वटा नीजि घर पूर्ण रुपमा क्षती २० वटा आंशिक रुपमा क्षती पुगेको छ भने बेली ब्रिज बगाएको र सडक अबरुद् भएको साथै ४ वटा सरकारी भवन र १ सामुदायिक भवनमा क्षती पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रवक्ता विश्व प्रकाश अर्यालले जानकारी दिए ।
हालसम्म बाढी पहिरोका कारण ३५ जिल्ला प्रभावित भई क्षती समेत पुगेको प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार हालसम्म सबै स्थानिय तहसंग जिल्ला प्रशासन कार्यलयको सहकार्य बाढी पहिरोबाट प्रभावितलाई व्यवस्थापन र राहत उपलब्ध गराउने सहजीकरण गर्ने प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी पहिरोबाट बेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन गरि आफूहरुको सबै निकायहरु संगको सहकार्यमा काम गरेको प्राधिकरणले बताएको छ ।
सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी लगायतका जिल्ला हालसम्म धेरै क्षति पुगेका जिल्ला हुन् ।यसम्ध्ये पनि सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखले आगामी ३ दिनलाई भने देशैभर ठूलो वर्षाको सम्भावना टरेको र पानी परिहाले पनि सानो खण्डवृटीको रुपमा हुने बताएको छ । प्र
देश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिममा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्राधिकरणले अन्य अबरुद्ध राजमार्ग सुधार गरि सन्चालनमा आईसकेको बताएको छ । हालसम्म आर्थिक रुपमा यतिनै क्षती पुगेको भनेर यकिन भने गर्न नसकिएको र स्थलगत रुपमा रिपोर्ट तयार पारिरहेको प्राधिकरणले बताएको छ ।