‘देश संकटमा गयो । भड्खालोमा जानबाट जोगाउनु पर्यो’-नेता नेपाल

काठमाडौं,असार १० । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले देश संकटमा गएको र त्यसबाट बचाउने बेला आएको बताएका छन् ।
प्रतिपक्षी गठवन्धनको सम्पादकहरुसंगको छलफलमा एमाले वरिष्ठ नेता नेपाले देशलाई संकटमा पर्नबाट जोगाउनु पर्ने बताएका हुन – उनको भनाइ छ- ‘देश संकटमा गयो । भड्खालोमा जानबाट जोगाउनु पर्यो’
उनले ओली दक्षिणपन्थी दिशामा लागेको आरोप लगाउँदै कोर्ष करेक्सन गर्न आफूहरू लागेको बताए । उनले ओली सचिएर आए उनलाई स्वागत गर्ने पर्ने धारणा राखे ।
ओलीले राजनीतिलाई दक्षिणपन्थी दिशामा लगे । हामी कोर्स करेक्सन गराउन चाहन्छौँ उनको भनाई छ ।