ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धारा ७६(५) लाई जसरी ब्रह्मास्त्र बनाउन खोजियो, त्यो संसदको रक्षा कवच हो – वरिष्ठ अधिवक्ता दाहाल

काठमाडौं,असार १० । वरिष्ठ अधिवक्ता हरिहर दाहालले संविधानको धार ७६(५) संसदको रक्षा कवच भएको दावी गरेका छन् ।
प्रतिनिधिसभा विटन संवन्धी मुद्धाको बहसका क्रममा दाहालले भने ‘धारा ७६(५) लाई जसरी ब्रह्मास्त्र बनाउन खोजियो, त्यो संसदको रक्षा कवच हो ।‘

उनले धारा ७६(५)ले सांसदलाई स्वतन्त्र बनाएको जिकिर गरे । राष्ट्रपतिको जवाफमा दोहोर भएको भन्ने प्रशङ्गमा दाहाले एमालेका खनाल र नेपालले समेत देउवाको समर्थनमा हस्ताक्षर गरेको भन्दै दोहोरो हस्ताक्षर कहाँबाट आयो भन्ने प्रश्न समेत गरे ।

एमालेका सांसद झलनाथ खनाल, माधवकुमार नेपालहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाउन कहाँ हस्ताक्षर गरेका छन् ? बरु देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

एकोहोरो देउवाको पक्षमा हस्ताक्षर छ, दोहोरो कसरी भयो ? सांसदहरू आफैं उपस्थित भएर राष्ट्रपतिलाई भेट्न खोज्दा ढोकामै रोकेर भेट्न नदिने बदनियत देखियो ।’ उनको भनाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *