देउवा पछि पौडेलले सुरु गरे केन्द्रिय सदस्यसंगको छलफल

काठमाडौं असार १०। महाधिवेशनको मिति नजिकिदैं गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।
पौडेलले दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बैठक बोलाएका हुन्। सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने भन्दै गतिविधि अघि बढाएपछि पौडेलले पनि आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन्।
देउवा खेमाबाट दुई जनाकाको ना चर्चा र उमेद्वारी दावी भइरहदाँ पैडेललाई केही फाइदाँ पुग्ने अनुमान गरिएको छ । तर सेखर कोइरालाले कुन कुन नेतालाई आफ्नु पक्षमा बनाउछन् भन्ने विषय पनि पौडेलका लागि चिन्ताको विषयम बनेको छ ।
कांग्रेस महाधिवेशन १६ देखि १९ भदौमा काठमाडौंमा हुँदैछ।